मंगलबार, साउन २६, २०८३

हेटौँडामा खानेपानीका मिटर चोरीका घटना बढ्दो

 |  आइतबार, माघ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

मकवानपुर- हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ। डेढ महिनामा करिब एक सयभन्दा बढी खानेपानीका मिटरहरु चोरी भएका छन्। घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो।

उपभोक्ताहरूले व्रासवडी मिटर जडान गरेका छन्। एउटा मिटरभित्र करिब आधा केजी पितल हुने गर्छ। उक्त पितल बिक्री गर्न खानेपानीको मिटर चोरिएको हुनसक्ने अनुमान बोर्डले गरेको छ।

मिटरमा पाइने पितल बजारमा आठसय रूपैयाँसम्ममा बिक्री हुने गर्छ। हाल दैनिक एकदेखि तीनवटासम्म मिटर चोरी हुने गरेको छ। खानेपानीको मिटर चोरीको घटना मुख्यगरी हेटौँडा उपमहानगरपालिका-२, ४ र ५ नम्बर वडामा भइरहेको बोर्डले जनाएको छ। रासस

प्रकाशित: Feb 09, 2025| 20:01 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्