सोमबार, वैशाख ८, २०८२

भायनेटद्वारा देवकोटा आधारभूत विद्याललाई सहयोग

 |  आइतबार, माघ २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

vianetvianet

काठमाडौं- भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवामा विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र जाडो महिनाको तयारीका लागि न्यानो कपडा वितरण गरेको छ ।

triton college

यस सहयोग कार्यक्रममार्फत विद्यालयका विद्यार्थीलाई कपी, पेन्सिल, शार्पनर , इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापकले भायानेटको यस सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे ।

भायानेट कम्युनिकेसनले आफ्नो सी.एस.आर कार्यक्रमअन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थासँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रम गर्दै आइरहेको छ । संस्थाले शिक्षाको पहुँचलाई प्रवद्र्धन गर्न र स्थानीय समुदायलाई सहयोग पुर्‍याउन प्रतिबद्धता जनाएको छ ।

यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमले शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने लक्ष्य भायानेटले राखेको छ ।

 

National life insurance

प्रकाशित: Feb 09, 2025| 11:18 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्