आइतबार, पुस ६, २०८२

बससेवा डटकमको भ्यालेन्टाइन अफर

 |  आइतबार, माघ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

काठमाडौं-  भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाऊँ सरर भन्ने नाराका साथ बससेवा डटकमले भ्यालेन्टाइन डेका अवसरमा छुट अफर ल्याएको छ। देशका विभिन्न गन्तव्यमा जाने यात्रुलाई टिकट काट्दा पाँच सय रुपैयाँसम्मको छुट दिने अफर ल्याएको हो। 

National life

कम्पनीका अनुसार अफरमा देशभरका जोकोही पनि सहभागी हुन सक्नेछन्। अनलाइनमार्फत् बस टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई अभ्यस्त बनाउन यस्तो अफर ल्याइएको हो।

अफर फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ। बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूचीअनुसार छुट उपलब्ध गराउने जनाएको छ। बससेवाका अनुसार लामो दूरीको टिकट काट्नेले पाँच सय रुपैयाँ छुटमा सिधै टिकट काट्न सक्नेछन् भने छोटो दूरी वा न्यूनतम नौ सय रुपैयाँको टिकट काट्नेले तीन सय रुपैयाँ छुट पाउनेछन्। चितवनभन्दा छोटो दूरीको टिकट काट्ने वा नौ सय रुपैयाँभन्दा कम मूल्यको टिकट काट्नेको हकमा भने भने अफर लागू हुनेछैन।

स्तरीय र नियमित सञ्चालन हुने बसहरूमा अफर सञ्चालन गरिने भएकाले यात्रुलाई सहज हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताउनुभएको छ। हाल बससेवाबाट बढीमा दुई हजार आठ सय रुपैयाँसम्ममा देशका सबै गन्तव्यको टिकट काट्न सकिन्छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 09, 2025| 11:14 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्