सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

 |  आइतबार, माघ २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

vianetvianet

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (एनएडिए) बीच सहमति भएको छ।

triton college

नेपालको अटोमोबाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमती भएको हो।

सहमति भएका बुँदाहरू निम्न छन्।
१. त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरू सृजना गरी आवश्यक सुधार समेत गर्ने।

२. दुवै संस्थाहरूले नेपालको अटोमोबाइल उद्योगहरूको वृद्धिका लागि नवीनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने।

३.यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरू र कर्मचारीहरूको क्षमता बीचको खाडल पूरा गर्ने।

National life insurance

४. लेबल एकबाट तालिमको शुरुआत गर्ने र क्रमशः लेबल दुईमा जाने।

५. आवश्यकता अनुसार पाठ्यक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने।

६ तालिम र पाठ्यक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसँग सहमतीगरी (एमओयु) अघि बढ्ने।

 

प्रकाशित: Feb 09, 2025| 11:12 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्