बिहीबार, असार ५, २०८२

परीको ‘लुक’ मा इशा

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई – मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहे पिरामल ग्रुप अफ इन्डस्ट्रीका सिइओ सजय पिरामलका छोरा आनन्द पिरामलसँग १२ डिसेम्बरमा भयो। उनीहरुको बिहेका तस्बिर बिहेलगत्तै बाहिर आए पनि यतिबेला इशाको पहेलो रङको पहिरनमा सजिएको तस्बिर सार्वजनिक भएको छ। जसलाई थुप्रैले मन पराएका छन्। यो उनीहरुको बिहे भएको एक महिनापछि बाहिर आएको तस्बिर हो।

इशाले पहेलो रङको लेहंगा लगाएकी छन्। इशाले लेहंगासँग म्याच हुने गरगहना पनि लगाएकी छन्। साधारण लुकमा देखिएकी इशा परी भन्दा कम देखिएकी छैनन्। उनीसँगै आनन्द पनि गोल्डेन रङको पहिरनमा देखा परेका छन्।

इशाको बिहेमा सरिक हुन बलिउड स्टारका साथै थुप्रै नेता पनि मुकेशको घर पुगेका थिए। बिहेभन्दा पहिले इशाको इन्गेजमेन्ट पार्टी जोधापुरमा आयोजना गरिएको थियो। देशकै धनी उद्योगपतिको छोरीको बिहेमा देशका थुप्रै हस्ती उपस्थित थिए । उनको बिहेपछिको पार्टी १४ डिसेम्बरमा मुम्बइमा दिइएको थियो। उक्त पार्टीमा पनि बडिउड स्टारका साथै नेताहरुको उल्लेख्य सहभागिता थियो। 

बिहेपछि इशा ४५२ करोडको लागतमा निर्मित आलिसान बंगलामा बसिरहेकी छिन्। जुन मुम्बईको वर्ली इलाकामा छ। उक्त बंगला इशाका सासूससुराले उनलाई बिहेपछि दिएको उपहार हो।
isha ambani
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्