आइतबार, पुस ६, २०८२

आन्तरिक राजस्व वीरगञ्जले उठायो चार अर्ब राजस्व

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

वीरगञ्ज- आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व संकलन गरेको हो।

National life

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईँले गत आवको तुलनामा चालु आवमा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए। 'चालु आवको ६ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फको राजस्व संकलनमा वृद्धि भएको छ,' उनले भने।

कार्यालयले चालु आवको ६ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व संकलन गरेको छ। जबकी गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व संकलन गरेको थियो।

कार्यालयले चालु आवको ६ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व संकलन गरेको थियो।

Laxmi sunrise bank
kumari

कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। जबकी गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो।

चालु आवको ६ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व संकलन गर्‍यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व संकलन गरेको थियो। रासस

प्रकाशित: Feb 05, 2025| 19:31 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्