आइतबार, पुस ६, २०८२

सानिमा रिलायन्स लाइफको बिजनेस रिभ्यु मिटिङ सम्पन्न

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  बिजनेस रिभ्यु मिटिङ चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ ।

National life

उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्षले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा पुर्याउन हाम्रो परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनिको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे । आफ्नो सफलता सुनिश्चित गर्न सिकेका कुराहरूलाई व्यवहारमा इमान्दारीता पूर्वक उतार्नु आवश्यक रहेको जानकारी प्रदान गरेका थिए ।

साथै कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरु, शाखा तथा उप–शाखाका प्रबन्धकहरुलाई सम्मान गरिएको थियो ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 05, 2025| 13:33 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्