सोमबार, चैत ११, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरुको भेला पोखरामा, यस्तो छ कार्यक्रम तालिका

कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरुको भेला पोखरामा, यस्तो छ कार्यक्रम तालिका

 |  मंगलबार, माघ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २२, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका ७७ वटै जिल्ला सभापति र उपसभापतिहरुको भेला कास्कीको पोखरामा सुरु भएको छ।

triton college

आज बिहान सुरु भएको भेलामा सबै जिल्लाका सभापति र उपसभापतिलाई प्रशिक्षण दिने पार्टी सचिवालयले जनाएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं कास्कीको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम राखिएको हो।

पार्टीको संगठनात्मक गतिविधिको जानकारी र समसामयिक मुद्दाका विषयमा छलफल गर्न भेला आयोजना गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।

कांग्रेसले सभापतिहरूसँगै जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका ७७ वटै जिल्लाका उपसभापतिहरूलाई पनि पोखरा बोलाएको छ। कांग्रेसका दुई उपसभापतिमध्ये एक जनालाई जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी दिइएको हुन्छ।

उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा र प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले सभापतिका रूपमा सम्बोधन गरेका छन्। आज दिउँसोबाट बन्द सत्र सुरु हुनेछ। बन्द सत्रमा ६ जनाले प्रशिक्षण दिने कार्यतालिका छ ।

पहिलो सेसनमा प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यसपछि प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गर्ने तालिका छ।

तेस्रो ‘सेसन’ मा प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद–नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन्।

पोखरेलपछि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालमा संघीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।

चारवटै कार्यपत्रमाथिको छलफलपछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जिल्ला सभापति र उपसभापतिहरूलाई प्रशिक्षण दिनेछन्।

महामन्त्री शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्दाहरुमा र अर्का महामन्त्री थापाले पार्टी संगठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्धबारे जानकारी दिनेछन्।

भोलस भने बिहानदेखि समूहमा छलफल हुनेछ। आज प्रस्तुत गरिएका विषयहरूमा भोलि बिहान ९ बजेदेखि छलफल गरेर प्रतिवेदन तयार गरिने बताइएको छ।

यसअघि कांग्रेसले हिजो पोखरामै सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि प्रशिक्षण दिएको थियो ।

प्रकाशित: Feb 04, 2025| 14:19 मंगलबार, माघ २२, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्