शनिबार, जेठ ३०, २०८३

विकासको काममा सत्ता र प्रतिपक्ष भन्नु हुँदैन: खतिवडा

 |  मंगलबार, माघ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २२, २०८१

नेपाली कांग्रेसका नेता तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विकास निर्माणको काममा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताएका छन्।

National life

सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले विषय र एजेण्डामा राजनीति गरे पनि विकास निर्माणमा राजनीति गर्न नहुने बताए। उनले नेकपा (माओवादी केन्द्र)लाई विगतमा कांग्रेससँग भएको गठबन्धनलाई नभुल्न सुझाव दिए।

सभापति खतिवडाले भने, ‘हामीले कहिलेकाहिँ सत्ता पक्ष र प्रतिपक्षको राजनीतिको कुरा गर्दर्छौं। तर, नेपालको राजनीतिमा हामी एउटा संस्कारको विकास गर्न सकौं। सत्ता पक्ष र प्रतिपक्ष कुनै विषयमा हुन सकिन्छ। देश विकास निर्माण गर्ने कुरामा गाउँ निर्माण गर्ने कुरामा ठाउँ निर्माण गर्ने कुरामा विकास निर्माणका कार्यक्रममा हामी एकमत भएर गयौं भने उपलब्धि हुनेछ। विकास गर्ने कुरामा झगडा गर्नु हुँदैन।’

सभापति खतिवडाले ढोरपाटन नगरपालिकाको विकासमा उपप्रधान र शहरी विकासमन्त्री प्रकाशमान सिंह र प्रधानमन्त्री केपी ओलीसँग निकै घनिष्ट सम्बन्ध रहेका एमालेका सांसद देवीप्रकाश भट्टचनले चाहने हो भने बजेटको अभाव नहुने बताए।

कार्यक्रममा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, नेपाली कांग्रेस बागलुङका सभापति एवम् गण्डकी प्रदेश सभाका सांसद जीतबहादुर शेरचन, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, एमालेका सांसद देवीप्रकाश भट्टचन, नेपाली कांग्रेसकी गण्डकी प्रदेशसभाकी सांसद दिलमाया पौवी, ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख कल्याण कायत, ढोरपाटन नगरपालिका वडा नं. १ का वडाध्यक्ष वानबहादुर छन्त्याल लगायतको उपस्थिति रहेको थियो।

Shivam cement

प्रकाशित: Feb 04, 2025| 14:06 मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्