काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबारदेखि सोमबारसम्म १ लाख ६२ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।