आइतबार, पुस ६, २०८२

पाथीभरा केवलकार विवादले पूर्वी नेपाल प्रभावित, दमकमा झडप

 |  आइतबार, माघ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउन नहुने भन्दै पूर्वी नेपालमा प्रदर्शन भइरहेको छ।

National life

झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा आज दिउँसो झडप भएको छ। प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बीचमा झडप भएको हो। प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

झडपमा संलग्न ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले अरुण पूर्वका ९ जिल्लामा आइतबार र सोमबार दुई दिने बन्दको आह्वान गरेको छ।

बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले सडक ठप्प पारेका छन् भने बजारमा समेत बन्दको प्रभाव देखिएको छ। 

Laxmi sunrise bank
kumari

माघ १० गते आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्व गर्दै आएका आन्दोलनरत समूहले आइतबार अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी र धनकुटा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रका मुख्य राजमार्गसँगै सहायक र भित्री सडकमा समेत बिहानैदेखि गाडी गुडेका छैनन् ।

पहिचान पक्षधरहरुले मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्।

प्रकाशित: Feb 02, 2025| 16:34 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्