मंगलबार, भदौ ३१, २०८२

यातायात कार्यालय जुम्लाले उठायो ६७ लाख राजस्व

 |  आइतबार, माघ २०, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

vianetvianet

जुम्ला- जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६७ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

Kumaribank

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले ६७ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए।

निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको ६ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार रूपैयाँ, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार रूपैयाँ र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एकसय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ। कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Feb 02, 2025| 20:31 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्