सोमबार, असार ८, २०८३

सीजी मोटर्स बन्यो जिटुरको आधिकारिक वितरक

 |  आइतबार, माघ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

काठमाडौं- चौधरी ग्रुपको सीजी मोटर्स कम्पनी जिटुर ब्रान्डको आधिकारिक वितरक बनेको छ।

National life

जिटुर पनि चेरी ग्रुपअन्तर्गतकै नयाँ चारपांग्रे ब्रान्ड हो। सीजी मोटर्स प्रालि र जिटुरले जिटुरका आरएचडी प्रडक्ट सीजी मोटर्सकै सञ्जालमा ल्याउने सहमति गरेका हुन्।

यो सहकार्यले नेपालमा पछिल्लो समय तीव्र गतिमा हुर्किरहेको भरपर्दो ईभी ब्रान्ड नेपाल ल्याउने बाटो खुलेको सीजी मोटर्सले जनाएको छ।

समझदारीपत्रमा जिटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन सु र सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी तथा निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा जिटुर अटोका उपाध्यक्ष कि चुआनदेङ, हङकङ मेइहुआ इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेडका अध्यक्ष हुआमेई झाउलगायतको पनि उपस्थिति थियो।

Shivam cement

प्रकाशित: Feb 02, 2025| 16:03 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्