सोमबार, असार ८, २०८३

वीरगन्जमा सीजी मोटर्सको ब्रान्ड लन्च

 |  आइतबार, माघ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

काठमाडौं- सीजी मोटर्सले मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्डहरू सार्वजनिक गरेको छ।

National life

कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि. लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको हो।

उद्घाटन कार्यक्रम वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

यो पहलले वीरगन्जमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै एभाटर, एक्सपेंग, नेटा, आयोन भी, आयोन वाई र रिडारा ल्याएको छ।

ग्राहकहरूको सुविधा बढाउन सीजी मोटर्सले सीजी केयर्स सर्भिस एप पनि प्रस्तुत गरेको छ, जसले ९७०७०९४२०७ हटलाइनमार्फत चौबीसै घण्टा सडक सहायताको सेवा दिन्छ।

Shivam cement

नेपालभरका २१ भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ वीरगन्ज-मधेश प्रदेशका ग्राहकहरूले अब सीजी सुविधाबाट विशेष सेवाहरू पाउने र सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Feb 02, 2025| 16:02 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्