आइतबार, पुस ६, २०८२

उखुबारीमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति

 |  आइतबार, माघ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा तीन लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।

National life

दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ। छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा-१२ वडाध्यक्ष नवलसिंह रानाले बताए।

'हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको छ', उनले भने, 'झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका छन्', पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताए।

'उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको थिएँ', उनले भने, 'दुई दिनभित्र काट्ने तरखरमा लागेका थियौँ, आगलागी हुँदा नोक्सानी व्यहोर्नुपरेको छ।'

उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए। अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 02, 2025| 17:31 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्