मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहा नेपालले डब्लूटी २०आई त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने

यामाहा नेपालले डब्लूटी २०आई त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने

 |  आइतबार, माघ २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

vianetvianet

काठमाडौं- यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्लू टी२० आई त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ। तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२:१५ बजे सुरु हुनेछन्।

triton college

जोश, शुद्धता र शक्तिलाई मूर्तरूप दिने ब्रान्ड यामाहा नेपालको क्रिकेटसँगको सम्बन्धले देशमा खेलकुद र युवा संलग्नतालाई सघाउने विश्वास गरिएको छ।नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा जस्तो गतिशील ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने छ।

डब्लूटी २०आई त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘यामाहा सधैं खेल भावना, प्रदर्शन र क्षमता अभवृद्धिमा विश्वास गर्दछ। हाम्रा यी मूल्यहरू यामाहा राइडर र क्रिकेट प्रशंसक दुवैसँग दृढतापूर्वक प्रतिध्वनित हुन्छन्। हामी त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुन र नेपालमा क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाउँदा उत्साहित छौं।यो साझेदारीले खेलकुदलाई सशक्त बनाउने र उत्कृष्टताको संस्कृतिलाई बढावा दिनेछ।’

डब्लू २०आई त्रिकोणात्मक शृङ्खला २०२५ मा तीन अन्तर्राष्ट्रिय टोलीहरूबीचको तीव्र प्रतिस्पर्धाले नेपालमा विश्वस्तरीय क्रिकेटको रोमान्च भित्र्याउने निश्चित भएको कम्पनीले जनाएको छ।

प्रकाशित: Feb 02, 2025| 15:44 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्