काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार हरियाली छाएको छ। आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २ हजार ७ सय २७ दशमलव ५८ विन्दुमा बन्द भएको हो।
नेप्सेका अनुसार आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। २०२ कम्पनीको सेयर मूल्य बढ्दा ३७ को घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ।
आजको कारोबारमा सात कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।