सोमबार, असार ८, २०८३

रास्वपाका सांसदले आलोकाँचोपन देखाए: खतिवडा

 |  शनिबार, माघ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ १९, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले शुक्रबारको प्रतिनिधि सभा बैठकमा आलोकाँचोपन प्रदर्शन गरेको टिप्पणी गरेका छन्। 

प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसद खतिवडाले भने, ‘रास्वपाका साथीहरू प्रतिनिधि सभामा पहिलो पटक आउनुभएको छ। संसदीय राजनीतिमा आलोकाँचो हुनुहुन्छ। त्यही कुरा आज देखिएको मात्रै हो। आफैंले बहिस्कार गर्नुभयो, आफैं प्रवेश गर्नुभयो। त्यो सार्वजनिक खपतका लागि मात्रै थियो।’ 

संसदीय परम्परामा संसद् अधिवेशनको पहिलो दिन, प्रधानमन्त्रीको सम्बोधन हुने दिन, प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत माग्ने दिन आकस्मिक समय नहुने उनले बताए। उहाँहरूलाई आकस्मिक समय किन चाहिएको थियो? पछि दलीय आधारमा उहाँहरूलाई दिएकै थियो। बोल्नुभयो पनि, उहाँहरूले बोल्न चाहेको कुरा बोल्नुभएन र ?’ खतिवडाले प्रश्न गरे। 
 

प्रकाशित: Feb 01, 2025| 17:10 शनिबार, माघ १९, २०८१
प्रतिक्रिया दिनुहोस्