मंगलबार, साउन २६, २०८३

साउदीमा भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

 |  शनिबार, माघ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ १९, २०८१

साउदी अरबमा भएको सडक दुर्घटनामा परी तीनजना नेपाली कामदारको मृत्यु भएको छ। 

साउदीको पश्चिम क्षेत्र जिजान आराम्को रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा तीन नेपालीसहित सहित १५ जना आप्रवासी मारिएका हुन्।

साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूत कार्यालयका अनुसार घटना गत सोमबारको हो। ज्यान गुमाउनेमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना छन्।


२६ जना कामदार बोकेको भ्यान र ट्रेलर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर घाइते भएका ११ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको बताइएको छ।
 

प्रकाशित: Feb 01, 2025| 17:06 शनिबार, माघ १९, २०८१
प्रतिक्रिया दिनुहोस्