मंगलबार, साउन २६, २०८३

कावासोती-१ का वडाध्यक्षको निधन

 |  शनिबार, माघ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ १९, २०८१

नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको छ। 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ३६ वर्षीय मिया शनिबार एमालेद्वारा गैँडाकोटमा आयोजित एक कार्यक्रममा सहभागी भएका बेला बेहोस भएका थिए।

बसिरहेका बेला कुर्सीमै बेहोस भएपछि उपचारका लागि चितवन लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। युवा संघ नवलपुरको १० औँ अधिवेशन उद्घाटन सत्रमा स्वागत मन्तव्य दिएर उनी कुर्सीमा आएर बसेका थिए।

प्रकाशित: Feb 01, 2025| 17:02 शनिबार, माघ १९, २०८१
प्रतिक्रिया दिनुहोस्