मंगलबार, साउन २६, २०८३

बेलचौतारा-मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति

 |  शुक्रबार, माघ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १८, २०८१

तनहुँ- बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन्। चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ।

यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म आठ करोड १३ लाख रुपैयाँ भुक्तानी भइसकेको बताएका थिए।‘ ‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ। चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ।

प्रकाशित: Jan 31, 2025| 17:04 शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्