शनिबार, साउन १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तीन युवा मिलेर दुई करोड रुपैयाँको लगानीमा रेसुंगामा खोले पानी उद्योग

तीन युवा मिलेर दुई करोड रुपैयाँको लगानीमा रेसुंगामा खोले पानी उद्योग

 |  शुक्रबार, माघ १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १८, २०८१

vianetvianet

गुल्मी- रोजगारीको सिलसिलामा पछिल्लो समयमा सयौँ युवा विदेसिएको अवस्थामा यहाँका युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालन गरेका छन्। जिल्लाको रेसुंगा नगरपालिकाका तीन युवाले मिलेर गाउँमै दुई करोड रुपैयाँ लगानी गरेर आधुनिक पानी उद्योग सञ्चालनमा ल्याएका हुन्। 

सँगैका साथीहरु रोजगारीका लागि विदेशीय पनि आफूहरुले गाउँमै लगानी गरेर पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले रेसुंगा-३ स्थित बेहोरेमा उद्योग सञ्चालन गरेको रेसुंगा जल प्रालिका अध्यक्ष सन्तोष कुँवरले बताए।

रेसुंगा-३ का कुँवर, वडा नं ६ का राम पन्थी एवं वडा नं २ का विश्वास पुन गरी तीन युवाले रेसुंगाको पानीलाई प्रशोधन गरी ब्रान्डिङ गरेर ‘रेसुंगा आक्वा’ नामको शुद्ध पानी बजारमा ल्याएका छन्। 

उक्त उद्योगको आज उद्घाटन गर्दै नगर प्रमुख खिलध्वज पन्थीले देशमा केही छैन भनेर गलत भाष्य निर्माण गरी विदेश जाने युवालाई रेसुंगाका तीन युवाले गाउँमै उद्योग स्थापना गरेर स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको बताए। उनले यसरी उद्यम गर्ने युवालाई नगरपालिकाका तर्फबाट प्रोत्साहन गर्दै सक्दो सहयोग गर्ने नीति रहेको बताए। 

उद्योग स्थापनापछि चार महिनासम्म पानीको परीक्षण गरेपछि व्यावसायिक रुपमा उक्त पानी बजारमा आएको हो। उद्योगमा प्रतिघण्टा दुई हजार लिटर पानी उत्पादन गर्ने क्षमता भए पनि अहिले प्रतिघण्टा एक हजार ५०० लिटर मात्र उत्पादन गरिएको छ।

उद्योगमा हाल आधा लिटर र एक लिटरका साथै २० लिटरको जारमासमेत पानी उपलब्ध गराइएको रेसुंगा जल प्रालिका अध्यक्ष कुँवरले जानकारी दिए। उद्योगबाट उत्पादित पानी पहिलो चरणमा जिल्लामै खपत गर्ने बताइएको छ। 

युवा उद्यमी मध्येका कुँवर सिभिल इञ्जिनियर, पन्थी मेकानिकल इञ्जिनियर र पुन प्राविधिक क्षेत्रमा काम गर्ने युवा हुन्। माध्यमिक तहसम्म एउटै विद्यालयमा सँगै अध्ययन गरेका तीन जना साथीको आपसी सल्लाहमा आफ्नै ठाउँमा केही नयाँ काम गर्ने सोंचले पानी उद्योग सञ्चालनमा ल्याएको रेसुंगा जल प्रालिका सञ्चालक पन्थीले बताए। गुल्मीमा पहिलो पटक यसरी युवाले पानी उद्योग स्थापना गरेसँगै सबैले उनीहरुको कामको सह्राना गर्न थालेका छन्। रासस 

प्रकाशित: Jan 31, 2025| 20:31 शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन...