मंगलबार, साउन २६, २०८३

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

 |  शुक्रबार, माघ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १८, २०८१

काठमाडौं- आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न भक्तपुर जिल्ला अदालतले आदेश गरेको छ।

आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन्।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो। आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन्। 

प्रकाशित: Jan 31, 2025| 16:17 शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्