मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गाडी दुर्घटना भएपछि चालक भागेर अस्पताल पुगे, तीन यात्रुको घटनास्थलमै मृत्यु

गाडी दुर्घटना भएपछि चालक भागेर अस्पताल पुगे, तीन यात्रुको घटनास्थलमै मृत्यु

 |  शुक्रबार, माघ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १८, २०८१

काठमाडौं- ओखलढुंगामा दुर्घटना भएको सुमो गाडीका चालक भक्तपुरमा भेटिएका छन्। गाडी दुर्घटना भएपछि छोडेर भागेका चालक भोलिपल्ट फेला परेका हुन्।

बिहीबार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-४ स्थित खोला किनारमा ना १ ज ६४२१ नम्बरको गाडी दुर्घटनाग्रस्त फेला परेको थियो। गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा कोपिलासगढी गाउँपालिकाका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको थियो।

दुर्घटना राति भएको अनुमान स्थानीय र प्रहरीको छ। बिहान साढे ६ बजेतिर दुर्घटनाग्रस्त गाडी देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा तीन यात्रुको शव भेटियो। चालकको खोजी गर्दा उनी फेला परेनन्। गाडीमा तीन यात्रु र चालकमात्र थिए।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार २२ वर्षीय चालक अनिल पण्डितको खोजी तत्काल सुरु भयो। उनलाई खोज्न ओखलढुंगा प्रहरीको काठमाडौंसम्म आयो। टोलीले अनिललाई कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा फेला पारेको छ।

चालक अहिले सोही अस्पतालमा उपचाररत छन्। उनको हात, अनुहार र छातीमा चोट लागेको बताइएको छ। उपचाररत रहेकाले प्रहरीले घटनाबारे उनीसँग सोधपुछ गरिसकेको छैन। चालकको बयानपछि थप कुरा खुल्ने प्रहरीले बताएको छ।

प्रकाशित: Jan 31, 2025| 12:24 शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्