सोमबार, असार ८, २०८३

टिकटक भिडियोलाई लिएर बुबाले गरे छोरीको हत्या

 |  बिहीबार, माघ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १७, २०८१
National life
Shivam cement

पाकिस्तानको क्वेटा शहरमा एक व्यक्तिले गोली हानेर आफ्नै छोरीको हत्या गरेका छन्।

ती व्यक्तिले हालै आफ्नो परिवार अमेरिकाबाट पाकिस्तान लिएर आएका थिए। उनले आफ्नी नाबालिग छोरीको हत्या गरेको स्वीकार गरेका छन्। छोरीले टिकटक भिडियो बनाएको मन नपरेर छोरीको हत्या गरेको बयान उनले प्रहरीमा दिएका छन्।

अमेरिकी नागरिकतासमेत रहेका ती व्यक्तिलाई आफ्नी छोरीको टिकटक पोष्ट आपत्तिजनक लागेको थियो। घटनाको सम्बन्धमा सबै एंगलबाट अनुसन्धान भइरहेको पाकिस्तानी प्रहरीले बताएको छ।
 

प्रकाशित: Jan 30, 2025| 20:33 बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्