सोमबार, असार ८, २०८३

१३ वर्षपछि पानी पलाएपछि...

 |  बिहीबार, माघ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १७, २०८१
National life
Shivam cement

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ।

यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो। त्यही सिलसिलामा यस वर्ष यहाँ पानी पलाएको हो। अघिल्लो वर्ष पानी पलाउनु पर्ने भए पनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो। क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए।

पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन्। यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ। नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ। 
 

प्रकाशित: Jan 30, 2025| 18:57 बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्