आइतबार, पुस ६, २०८२

भीरबाट खस्यो जिप, चालक भागे; तीन यात्रुको मृत्यु

 |  बिहीबार, माघ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १७, २०८१

खोटाङ- दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। 

National life

केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७:३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो। आगलागीमा परी गम्भीर घाइते हुनुभएकी माया गुरुङलाई लिएर काठमाडौँ जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। 

मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६:३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जनकारी दिएका थिए। सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन्। उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ। 

सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। “सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो। घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “चालक भेटिएका छैनन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।” 

Laxmi sunrise bank
kumari

उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनैजनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन्।
 

प्रकाशित: Jan 30, 2025| 18:54 बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्