आइतबार, पुस ६, २०८२

सामूहिक खेतीमा जुटे मनाङका किसान

 |  बिहीबार, माघ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १७, २०८१

मनाङ- जिल्लाका किसानहरु सामूहिक खेतीतर्फ आकर्षित भएका छन्। खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

National life

यहाँ उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत हुने हुँदा सामूहिक खेतीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताए। 'मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ', उनले भने, 'यसले हामीलाई उत्साहित बनाएको छ।'

उनका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन्। यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उनी बताउँछन्।

सामूहिक खेती गर्दा बीउ, मल, सिँचाइमा ज्ञान केन्द्रले सहयोग गर्ने भएकाले सहज भएको नासोँ गाउँपालिका-१ तालछहरा कृषि समूहका अध्यक्ष रोशनी घलेले बताए। उनले भने, 'बाँझो जग्गा पनि उपयोग हुने र ज्ञान केन्द्रबाट अनुदान पाइने भएकाले सहज भएको छ।' सामूहिक खेतीले महिलालाई आर्थिकरुपमा सबल बनाउनसमेत सहयोग पुगेको उनको बुझाइ छ।

यहाँ हाल दुईवटा मिश्रित समूह छन् भने नौवटा महिलाका मात्रै कृषक समूह छन्। नासोँ गाउँपालिका-१ तालगाउँ, नासोँ-२ नाचे गाउँ, नासोँ-३ खोत्रोपाखा र निगालाघारी, नासोँ-४ ओडार गाउँ, चामे गाउँपालिका-२ थानचोक, चामे-१ तिमाङ, चामे-५ वडा, मनाङ ङिस्याङमा तीनवटा समूहमार्फत सामूहिक खेती भइरहेको छ।

Laxmi sunrise bank
kumari

यहाँ आलु, करु, गहुँ, फापर, उवा, कोलु बोडीलगायतका रैथाने बाली उत्पादन हुने गरेको छ। यहाँका किसानले प्रविधिको प्रयोग गर्दै रैथाने अन्नबाटै पर्यटकका लागि खाना, नास्ताका रुपमा खाद्यान्न उपयोग गर्ने गरेका छन्। रासस

प्रकाशित: Jan 30, 2025| 20:01 बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्