आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सुमो दुर्घटना भएपछि चालक फरार, एकै परिवारका तीनजनाको घटनास्थलमै मृत्यु

सुमो दुर्घटना भएपछि चालक फरार, एकै परिवारका तीनजनाको घटनास्थलमै मृत्यु

 |  बिहीबार, माघ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १७, २०८१

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। खोटाङबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको सुमो बिहीबार बिहान ६:३० बजे दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

National life

दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ।

ना १ ज ६४२१ नम्बरको सुमो खोटाङको कोपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं आउँदै थियो। बिहान सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले भेटेर प्रहरीलाई जानकारी दिएका  थिए। चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन्। राति नै दुर्घटना भएको हुन सक्ने स्थानीयबासीको अनुमान छ।

बिरामी मायालाई लिएर छोरा र बहिनी काठमाडौं आउँदै थिए। सुमोमा चालकसहित चार जनामात्रै सवार थिए।

प्रकाशित: Jan 30, 2025| 11:19 बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्