सोमबार, असार ८, २०८३

कोशी प्रदेशमा एचपिभी खोपको सम्पूर्ण तयारी पूरा

 |  बुधबार, माघ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ १६, २०८१

विराटनगर- कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ। दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ।

National life

राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपिभी खोप अभियान सञ्चालन गरिने प्रदेश खोप समन्वय समितिको सचिवालयले जनाएको छ। दश वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई मात्र लगाइने यो खोप कोशी प्रदेशमा दुई लाख २० हजार पाँच सय ८४ जनालाई लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिए।

उक्त उमेर समूहका किशोरीहरू प्रायः विद्यालयमा कक्षा ७ देखि १० मा अध्ययनरत हुन्छन् र विद्यालय बाहिर रहेका सो उमेर समूहलाई खोप नछुट्ने उद्देश्यले निर्देशनालयले थप खोप केन्द्रको तयारी गरेको सहजकर्ता भण्डारीले बताए। उनका अनुसार विद्यालय बाहिर कोशी प्रदेशमा ४५ हजार तीन सय ३४ किशोरी रहेका छन्।

पाठेघरको घरमुखको क्यान्सरबाट मुक्त गराउन यो अभियान सञ्चालनमा ल्याएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए। ‘महिलामा पाठेघरको घरमुखको क्यान्सरको जोखिम अत्याधिक हुन्छ, क्यान्सर भएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न खोप अभियान सञ्चालन गरिएकाले सबैलाई खोप लगाउन अनुरोध गर्दछौँ’, उनले भने।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा राधिका थपलियाले यो खोपसँगै महिलामा हुने पाठेघरको मुखको क्यान्सरबाट हुनसक्ने जोखिम नियन्त्रणमा लिन सकिने धारणा राखिन्। खोप लगाउँदा कुनै पनि नकारात्मक असर नपर्ने भएकाले उनले ढुक्कसँग लगाउन सबैलाई आग्रह गरिन्। रासस

Shivam cement

प्रकाशित: Jan 29, 2025| 19:01 बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्