काठमाडौं- सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २४.५० अंकको सुधार आएको छ। आज परिसूचक ०.९३ प्रतिशतले बढेर २६५७.७७ अंकमा पुगेको छ।
आज कुल १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।
तीन दिनको लगातार गिरावटपछि आज सेयर बजारमा सकारात्मक माहोल देखिएको हो। ६ वटा कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। सबै समूहका सूचक बढेका छन्। विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ।
आज ३ सय २५ कम्पनीको सेयर कारोबार भएको छ। कारोबार रकममा ३८ करोड २१ लाखभन्दा बढीसहित सप्तकोशी डेभलमेन्ट बैंक अग्रस्थानमा रहेको छ।
आज ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ८.४३ प्रतिशत घटेको छ।