काठमाडौं- नेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट-लोड वालिङ मेसिन नेपाली बजारमा ल्याएको छ।
ठुला-लोडको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट-लोड वालिङ मेसिनले उपभोक्तालाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ। एआई एलर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधि प्रस्तुत गर्दै यी वालिङ मेसिनद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन्।
सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टिमले ९९.९% ब्याक्टेरिया र एलर्जी हटाउँछ।
यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७०% सम्म घटाउनको लागि एआई एलर्जी मोड पनि समावेश छ। एआई कन्ट्रोलले प्रयोगकर्ताको वाशह्याबित सिक्छ, र पर्सनलाइज्द साइकलको सुझाव दिई सम्पूर्ण प्रक्रियाको प्रयोगकर्तालाई जानकारी गराउने प्रणालीमार्फत लन्ड्रीलाई सरल बनाउँछ।
त्यसपछि छ सामसङको इनोभेतिव एआई इकोबबल टेक्नोलोजी, जसले मेसिनमा डिटर्जेन्टलाई बबलमा रूपान्तरण गरी कपडाको फोहोरलाई कम तापक्रममा पनि कपडालाई नरम र प्रभावकारी धुलाई दिन्छ।
डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटि) ले यी वालिङ मेसिनमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा-दक्ष कार्यसम्पादन सुनिश्चित गर्दछ। सिल्क र आधुनिक बिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठुला लोड ह्यान्डल गर्न सक्छ।
मूल्य र उपलब्धता
दुई मोडलमा उपलब्ध-सामसङको नयाँ ९ केजी फ्रन्ट-लोड वालिङ मेसिनको मूल्य १०१,९९० रूपैयाँ बाट सुरु हुन्छ र प्रिमियम लन्ड्री सोलुसन पहुँच भित्र ल्याउँदै सामसङले २०% सम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ। यी उपकरण, ०% ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्समार्फत खरिद गर्न सजिलो बनाइएको छ।
लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताहरूको लागि यस बिस्पोक एआई वालिङ मेसिन दायरामा सजिलो सँग अपग्रेड गर्न एक्सचेन्ज अफर पनि उपलब्ध छ।
यो अफर आधिकारिक वितरक हिम इलेकट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ।