काठमाडौं- प्रतिनिधि सभाको हिउँदे अधिवेशन यही १८ माघदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन संसद्लाई प्रधानमन्त्री केपी शर्मा ओली र संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ।
कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि सभा र संसदीय समिति बैठकको कार्यतालिका पनि तयार पारेको छ। यसअनुसार प्रतिनिधि सभाको बैठक माघ महिनामा ६ दि मात्रै बस्नेछ। बैठक १८, २४, २५, २७, २८ र २९ माघमा बस्नेछ ।
यस्तै, माघ महिनामा पाँच दिन संसदीय समितिका बैठक बस्नेछन्। संसदीय समितिका बैठक २०, २१, २२, २३ र ३० माघमा बस्ने कार्यतालिका छ।