शुक्रबार, जेठ २२, २०८३

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

 |  सोमबार, माघ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ १४, २०८१
National life
Shivam cement

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए।

एक करोड ३३ लाख ९४ हजार सात सय ५२ रुपैयाँको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो। विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो। पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ।

प्रकाशित: Jan 27, 2025| 10:31 सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्