बुधबार, साउन २७, २०८३

'पूर्णबहादुरको सारंगी-२' बनाउने निर्माताको घोषणा

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

काठमाडौं- विजय बराल स्टारर फिल्म‘पूर्णबहादुरको सारंगी’ को सिक्वेल बन्ने भएको छ। धेरै कीर्तिमान तोडेर ऐतिहासिक सफलता पाएपछि यसको सिक्वेल ल्याउने घोषणा निर्माण पक्षले गरेको हो।

फिल्म निर्माता कम्पनी सेभेन सिजले आइतबार काठमाडौँमा एक कार्यक्रम गरी यो घोषणा गरेको हो। कार्यक्रममा सेभेन सिजले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले लोगोसहित फिल्मको अनावरण गरेका हुन्। 

विजय बराल, अञ्जना बराइली लगायतका कलकार पनि कार्यक्रममा उपस्थित थिए। गत कात्तिक १५ गतेबाट प्रदर्शन थालिएको यस फिल्मले नेपालभरि ५० करोड र विदेशमा २५ करोडभन्दा माथि व्यापार गरेको थियो।

अत्यधिक शो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड पनि यसै फिल्मको नाममा बनेको छ। ‘पूर्णबहादुरको सांरगी’का गीत उत्तिकै लोकप्रिय बन्न पुगे। ‘रैया चाँदीको’ र ‘काँधेकुरी’टिकटकलगायत सामाजिक सञ्जालमा अहिलेसम्म छाएका छन्।

यो फिल्ममा पश्चिम पहाडको गाइने समुदायका एक बाबुछोराको कथा छ। मुख्य भूमिकामा विजय बराल र अञ्जना बराइली छन् भने प्रकाश सपूतको पनि मुख्य भूमिका छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। यो फिल्म १ करोड ३० लाखमा बनेको हो।
 

प्रकाशित: Jan 26, 2025| 21:02 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्