आइतबार, पुस ६, २०८२

रवि लामिछानेसँग रुपन्देही अदालतले माग्यो एक करोड धरौटी

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। 

National life

आइतबार जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन्।

बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। 

गत बुधबार लामिछानेको बयान भएको थियव भने बिहीबार, शुक्रबार र आइतबार थुनछेक बहस भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको थियो। मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैंयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ।

Laxmi sunrise bank
kumari

यसअघि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।

प्रकाशित: Jan 26, 2025| 18:48 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्