आइतबार, पुस ६, २०८२

महसुल नतिर्ने १३ सय ग्राहकको लाइन काटियो

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

चितवन- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीनसय ६८ जना ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो।

National life

कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो। यस अवधिमा एक हजार चारसय ५६ जनाले बक्यौता रकम तिरेका छन्। उनीहरुबाट दुई करोड ८२ लाख २१ हजार नौसय १६ रूपैयाँ राजस्व संकलन भएको छ।

प्रमुख श्रेष्ठका अनुसार विद्युत महसुल नबुझाउने ति ग्राहकबाट चार करोड १३ लाख ९५ हजार पाँचसय ६७ रूपैयाँ बक्यौता उठाउन बाँकी थियो।

वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ। उनीहरुबाट एक करोड पाँच लाख ४६ हजार एकसय ८८ रूपैयाँ बक्यौता उठाउन बाँकी छ।

वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, 'नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियमअनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ।'

Laxmi sunrise bank
kumari

भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन्।

यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन्। रासस

प्रकाशित: Jan 26, 2025| 20:31 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्