शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रविलाई साधारण तारेख, धरौटी वा पुर्पक्ष ? आजै आदेश आउने सम्भावना

रविलाई साधारण तारेख, धरौटी वा पुर्पक्ष ? आजै आदेश आउने सम्भावना

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ।

National life

रास्वपा सभापति तथा निलम्बित संघीय सांसद रवि लामिछाने पनि यो मुद्दामा प्रतिवादी भएकाले यसमा धेरैको चासो छ। आज रविका तर्फबाट कानुन व्यवसायीले बहस सकेका छन्।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस उनको तर्फबाट गरे। अब सरकारी वकिलले जवाफी बहस सकेपछि आदेश आउनेछ। जवाफी बहस धेरै लामो नहुने भएकाले आजै थुनछेक आदेश आउने सम्भावना छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। रुपन्देहीमा रवि प्रहरी हिरासतमा बस्नुपरेको छैन। परिवार र वकिलको जिम्माजमानीमा उनलाई अदालतले छोड्दै आएको छ।

आज फैसला आएमा उनी साधारण तारेखमा छुट्नेछन्, अदालतले उनीसँग धरौटी माग्नेछ वा पुर्पक्षमा पठाउनेछ। पुर्पक्ष भनेको मुद्दाको किनारा नलागुन्जेल कारागारमा बस्ने हो।

Shivam cement

यसअघि सहकारी ठगीकै मुद्दामा रवि कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।

प्रकाशित: Jan 26, 2025| 15:54 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्