बुधबार, साउन २७, २०८३

सोनाम ल्होछारको बिदा तीन दिन

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो।

मञ्जुश्री संवत् २८६१ डुल लो-सर्व वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आइतबार एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको अवसरमा पालिका अध्यक्ष मल्लले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरेका छन्।

प्रकाशित: Jan 26, 2025| 14:22 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्