आइतबार, पुस ६, २०८२

हथौडा, छिनो र ह्याक्सो बोकेर मध्यरातमा बैंक छिरेपछि...

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

दाङको तुलसीपुरस्थित एक बैंकको शाखा कार्यालयमा चोरी गर्न छिरेका युवक समातिएका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १८ दुधरासका २७ वर्षीय सन्तोष चौधरी छन्।

National life

उनलाई आइतबार राति दुई बजे  तुलसीपुर उपमहानगरपालिका–५ बिपी चोकस्थित एनएमबि बैंकभित्रबाट पक्राउ गरिएको तुलसीपुर प्रहरीले जनाएको छ।

एक व्यक्ति मध्यरातमा बैंकमा प्रवेश गरेको भन्ने सूचना पाएपछि इन्स्पेक्टर विनोद खत्री नेतृत्वको टोली बैंकको कार्यालय रहेको स्थानमा पुगेको थियो। प्रहरी पुग्दा ती युवक बैंकको ताला फोडेर भित्र प्रवेश गरिसकेका थिए। प्रहरीले उनीसँगै हथौडा, छिनो, ह्याक्सो आदि बरामद गरेको छ। चौधरीले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार उक्त बैंकमा राति सुरक्षा गार्ड राखिएको छैन। त्यही थाहा पाएर चोरी गर्न युवक गएको आकलन छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Jan 26, 2025| 11:43 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्