आइतबार, पुस ६, २०८२

बाल यौन दुरूपयोगमा मदन राई अदालतबाट दोषी ठहर

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

काठमाडौं- कृषि विज्ञका रूपमा परिचित र आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' का अध्यक्ष मदन राई मदन राईलाई जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ।

National life

फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग अदालतबाट पुष्टि भएको हो। जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई बाल यौन दुरूपयोगमा दोषी ठहर गरेका छन्। राईलाई इजलासले यही माघ २५ गते कति सजाय दिने भनेर निर्धारण गर्नेछ।

फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए। २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो। मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग भएको थियो।

ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।

Laxmi sunrise bank
kumari

यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ। उक्त कसुर गरेकाले ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरेको थियो।
 

 

प्रकाशित: Jan 26, 2025| 11:36 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्