बुधबार, साउन १४, २०८२

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

 |  आइतबार, माघ १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

vianetvianet

फुङ्लिङ- पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन्। काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन्। आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ।

आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो। प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो।

हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो। गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो। अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 26, 2025| 08:50 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्