आइतबार, पुस ६, २०८२

सत्तारुढ दलकै नेताले गरे अध्यादेशको विरोध

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन्। देश नै नचल्ने अवस्थामा मात्र अध्यादेश ल्याउन सकिने व्यवस्था संविधानमा भएको उनले बताए।

National life

बुधबार कोइराला निवासमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस र एमालेको बहुमत भएका बेला सरकारले सदनबाट कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको बताए। उनले भने, ‘अध्यादेशभित्रको कन्टेन्ट के छ मैले धेरै हेरेको छैन। राम्रै छ भन्ने लागेको छ। तर, संसद् बोलाएर गर्नुपर्थ्यो। नेपाली कांग्रेस र एमालेको बहुमत छ। बहुमतले पास गर्ने हो। दुईतिहाई चाहिँदैन ऐन बनाउन त।’

अध्यादेशबाट देश चलाउन खोज्नु भनेको एक स्टेप निरंकुशता भएको उनले बताए। उद्योग, व्यवसाय क्षेत्रमा रहेको निराशा चिर्न अध्यादेश ल्याएको कुरा छ नि भन्ने प्रश्नमा नेता कोइरालाले ७-१० दिन पर्खिन सक्नुहुन्न थियो भन्दै प्रतिप्रश्न गरे।

नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भनेर भन्नुले चिन्ता थपेको बताए।

प्रकाशित: Jan 22, 2025| 12:14 बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्