बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माघ ९ देखि देशभर एक्सचेन्च फेस्ट, पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने

माघ ९ देखि देशभर एक्सचेन्च फेस्ट, पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

काठमाडौं- बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको हो।

National life

एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन्। यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मुल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टि बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निशुल्क चार्जर जडानको सुविधा पाउनेछन्।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ। एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो ३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन्।

बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने इभी ब्रान्ड हो। नेपाली बजारमा यसको एट्टो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन्। बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पुर्‍याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो छ।

 

Shivam cement

प्रकाशित: Jan 21, 2025| 16:22 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्