सोमबार, मंसिर २२, २०८२

सिरक डसना बनाएर मनग्य आम्दानी

 |  आइतबार, माघ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

मोरङ- मोरङको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन्। वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक १ हजार ६ सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। 
 
भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताउँछन्। ८० वर्षीय उनले भने,' नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ।

National life

सुरुआती समयमा एउटा सिरक बनाएको पाँच रुपैयाँ थियो। अहिले बढेर आठ सय रुपैयाँ पुगेको लतिफले जानकारी दिए। उनले भने, 'दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु। घरेलु सामग्री (धुनिया) बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ।'

घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडा बताउँछन्।

'आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्', उनले भने। 

तीनदेखि पाँच जनाको समूहमा उनीहरूले काम गर्दछन। ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उनीहरूको समूहले दैनिक १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिए।

Laxmi sunrise bank
kumari

पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उनले बताए। रासस

प्रकाशित: Jan 19, 2025| 17:01 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्