आइतबार, कात्तिक ३०, २०८२

छ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज

 |  शुक्रबार, माघ ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ४, २०८१

चितवन- चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन्। भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन्।

National life

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउन यता निकुञ्जमा ५३ हजार एक सय तीन जना नेपालीले भ्रमण गरेका छन्। सार्क मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन्। आन्तरिक पर्यटक बढी रहेको थापाले बताए। पर्यटकबाट रु १३ करोड एक लाख ४६ हजार चार सय ५० राजस्व सङ्कलन भएको छ।

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन्। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन्। चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो।

यसैबीच, निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ। माघ ३ गते निकुञ्जको धु्रव पोष्ट नजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको छ। उक्त गैँडा प्राकृतिक कारण मरेको आशङ्का गरिएको छ। मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित रहेका छन्।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ वटा गैँडा मृत भेटिएका छन्। जसमध्ये पाँच भाले, पाँच पोथी र लिङ्ग पहिचान नभएका तीन रहेका छन्। मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन्। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 17, 2025| 18:31 शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्