बिहीबार, जेठ २१, २०८३

यस्तो छ आजको राशिफल [२०८१ पुस २८ गते]

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

मेष : दिन सामान्य छ। हिँड्दा अवरोध हुनसक्ने जोखिम छ। सोचेका काममा अवरोध हुनेछ। बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शुभकार्यका लागि मन अगाडि बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। 

National life

वृष : मनमा प्रतिशोधका भाव आउने जोखिम छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। 

मिथुन : दिन राम्रो छ। साथीभाइले सहयोग गर्नेछन्। राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ। परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ। 

कर्कट : व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ। जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ। परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ। 
 
सिंह : दिन सहज छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। तपाईंले गरेका प्रयास सफल हुने दिन छ। परिवारलाई ठुलो विश्वास गरेमा धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। 

कन्या : तपाईंले सोचेका काम सहज बन्नेछन्। रोगबाट मुक्त हुने दिन छ। परिवारले राम्रो साथ दिनेछ। फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ। 

Shivam cement

तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ। राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। 

वृश्चिक : बोल्दा सचेत बन्नुपर्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। औषधी नियमित नहुँदा रोगको जोखिम बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ। 

धनु : दिन सहज छ। बोलीको प्रभावले महत्त्तवपूर्ण काम बन्नेछ। कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ। 

मकर : सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ। साथीभाइले साथ दिनेछन्। तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ। तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ। 

कुम्भ : सप्तम भावमा चन्द्रमा पुगेका छन्। मनमा शान्ति मिल्नेछ। बिहान सुरुमै शिवको भजन र पिपलको दर्शन गर्नाले दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ। 

मीन : आफन्तले भन्दा बाहिरका मान्छेले तपाईंको प्रशंसा गर्नेछन्। साना कुराले मनमा झन्झट बढ्नसक्छ। तर्क गर्नु भन्दा काम गरेर देखाउने दिन रहेको छ। परिवारमा खुशी प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित: Jan 12, 2025| 05:30 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्