बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • तालिबानको कब्जामा अफगानिस्तान, प्लास्टिक झोला प्रयोगमा अदालतको कडाइ [२०७८-४-३१]

तालिबानको कब्जामा अफगानिस्तान, प्लास्टिक झोला प्रयोगमा अदालतको कडाइ [२०७८-४-३१]

अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन्।  

आइतबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै सरकारको तर्फबाट  कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने जनाएका छन्। उनले अब अन्तरिम सरकार गठन हुने बताए। उनले भिडियोमा भनेका छन्, ’काबुलमा कुनै पनि प्रकारको हिंसा हुने छैन। तालिबानले आफ्ना लडाकूहरुलाई काबुल प्रवेशमा रोक लगाउन आदेश दिए संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गरिनेछ।’ यस्तै अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरेसँगै राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएका छन्। 

यसैबिच,अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ। काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो। उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ। 

०००

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न निर्देशन दिएको छ।  

समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिएको हो। यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले समितिमा बताएका थिए। 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए। आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको थियो जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि छन्।

सत्तारुढ दल नेपाली काग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरुले पनि अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

०००

सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला प्रयोगमा तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश नहकुल सुवेदीको इजलासले अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले यसअघि सर्वोच्चबाट जारी भएको निर्देशनात्मक आदेशको बारेमा ध्यानाकर्षण गराएको छ। सर्वोच्चले केवल बजेट वक्तव्यमा उल्लिखित प्रवधानको कार्यान्वयन नभएको अवस्था मात्र नभइ उल्लिखित संवैधानिक एवं कानुनी व्यवस्थाको कार्यान्वयन र सर्वोच्च अदालतबाट पटक–पटक भएका आदेश निर्देशनको परिपालनातर्फ समेत सम्बन्धित निकाय उदासीन रहेको स्पष्ट हुन आएको भनेको छ।

०००

पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन्। यस्तै १० वर्ष मुनिका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना रहेका छन्। जसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७५८ जना आईसीयू र १९३ जना भेन्टिलेटरमा उपचाररत छन्।

०००

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भेलबाढीको कारण बनेको भ्रेमाथाङमा १५ लाख ट्रक गिट्टी–बालुवा रहेको विज्ञले बताएका छन्। 

भ्रेमाथाङ क्षेत्र पुगेका खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटाका अनुसार त्यहाँ १० मिटर अग्लो थेग्रिनी जम्मा भएको छ। भ्रेमाथाङ क्षेत्र ३ हजार ६ सय ४० मिटर उचाईमा रहेको छ। साउन १६ गतेको भेलबाढीपछि अध्ययनका लागि बाँस्कोटा सहितको टोली ४ दिन भ्रेमाथाङमा बसेको थियो। 

०००

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन्। 

राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको बताएको हो।

एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। तर, परिक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ।


प्रकाशित: Aug 15, 2021| 21:31 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।