सोमबार, मंसिर १, २०८२

थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – संस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ। दसै तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। 

दसै नजिकिएसँगै थारु गाउँमा सखिया नाच नाच्ने गरिन्छ। थारु गाउँका  किशोर किशोरीको सखिया नाच्ने इच्छा हुँदाहुँदै पारिवारिक अवस्थाले नाच्न पाउँदैनन्। आर्थिक अवस्था कमजोर र पारिवारिक अवस्था दयनीय रहेका कतिपय परिवारका किशोर किशोरीहरुको सखिया नाच्ने रहर अधुरो हुन्छ।

 त्यही परिवारको घटनाक्रमलाई भुरभुरा रहर मार्फत् देखाउन खोजेको निर्देशक मदन चौधरीले जानकारी दिए। फिल्म सत्य घटनामा आधारित रहेको उनले बताए। 

फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशब्यापी च्यारिटी गरिने निर्देशक चौधरीले बताए। थारु फिल्म प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुलगायतको मुख्य भुमिका रहेको छ। फिल्मको कथा बस्तु  सुशील चौधरीले लेखेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्