बिहीबार, असोज २, २०८२

अर्को फिल्म बनाउँदै 'पूर्णबहादुरको सारंगी' का निर्देशक पौडेल

 |  आइतबार, पुस २१, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

vianetvianet

काठमाडौं- चलचित्र 'कोशेढुंगा' निर्माण हुने भएको छ। 'पूर्णबहादुरको सारंगी' निर्देशन गरेका सरोज पौडेलले 'कोशेढुंगा' निर्माणको घोषणा गरेका हुन्।

Kumaribank

पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरमा घुर्मैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकी छिन्। उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ।

निर्माण पक्षले जानकारी दिएअनुसार चलचित्र अर्को वर्ष रिलिज हुनेछ। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ। चलचित्रको मुख्य भूमिकामा कोको रहनेछन् भन्ने निर्माण टिमले जानकारी दिएको छैन।

प्रकाशित: Jan 05, 2025| 11:56 आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्